काठमाडौं : स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा स्मार्टच्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का प्रमुख कार्यकारी अधिकृत आशितोष साहले हस्ताक्षर गरे । सम्झौता भएसँगै डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्ने विश्वास दुवै पक्षको छ ।
सम्झौतासँगै ५ लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने मोरू वालेट मार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies