काठमाडौंः भारतको राजस्थानमा सम्पन्न दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा १२ स्वर्णसहित १६ पदक जित्दै नेपाल टिम च्याम्पियन बनेको हो ।
कुमुतेतर्फ उमेर समूहबाट वर्षा केसी, झरना केसी, एन्जिला राई, शर्मिला वाइवा, सुरोज राजबाहक, साहिल घलेले स्वर्ण पदक जिते । यस्तै ४५ केजी तौल समूहमा पुष्पा लामा, ५० केजीमा वर्षा बुढा मगर, ६८ केजीमा एरिका गुरुङ, ५५ केजीमा साजन बल र ६० केजीमा सन्तोष श्रेष्ठले स्वर्ण पदक जितेका छन् । काता विधामा सुरेन्द्र तामाङले स्वर्ण पदक जितेका छन् । यस्तै कुमुतेतर्फ उमेर समुहमा रुपक श्रेष्ठ र ५० केजी तौल समूहमा सम्मन श्रेष्ठले रजत पदक जितेका छन ।
यसैगरी ६७ केजी तौल समूहमा सुरेन्द्र तामाङ र ८४ केजी तौल समूहमा सञ्जय महर्जनले कास्य पदक जितेका छन् । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका खेलाडीले भाग लिएका थिए भने नेपालबाट ७ महिला र ९ पुरुष सहित जम्मा १६ खेलाडीहरुले विभिन्न बिधामा प्रतिस्पर्धा गरेको टिम व्यवस्थापक तथा वादोकाइ कराते डो संघ नेपालका उपाध्यक्ष सन्जय महर्जनले बताए ।
प्रतियोगितामा कोचमा बिकाश राजबहाक, अफिसियल र व्यवस्थापनमा पुरुशोतम महर्जन, राजेन्द्र कर्मचर्य तथा नवीन महर्जन र गोबिन्द श्रेष्ठले रेफ्रीको भूमिका निभाएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies