२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

himalayanlife
२०८२ चैत १३ गते ०९:४५
Shares
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी : मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ मनाइँदै छ। मिथिला क्षेत्रका मठ, धार्मिक कार्यक्रम र देवालयहरूमा विशेष धार्मिक कार्यक्रम प्रारम्भ भएका छन् । 

विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम संकीर्तन तथा रामलीला मञ्चन भएका भने गाउँसहरमा रामभजन गुन्जिरहेका छन् ।

“श्रीराम आराध्यदेव मात्र होइन, मिथिलाका ज्वाइँका रूपमा पूजित हुनुहुन्छ,” लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवले भने, “यसकारण पनि रामनवमी मिथिलाको विशिष्ट पर्व  हो ।” 

मिथिलाञ्चलका रामजानकी मन्दिरहरूमा रामायण, श्रीमद्भागवत महापुराण तथा सुन्दरकाण्ड पाठ भइरहेको छ । श्रद्धालुहरू व्रत पनि बसेका छन् । भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार विशेष महत्वको मानिने महन्थ वैष्णवले बताए। 

 मिथिलामा श्रीरामको आगमन, सीता स्वयंवर, विवाह तथा त्यसपछिका विभिन्न क्षेत्रको परिभ्रमणसम्बन्धी कथाहरूले पनि यस पर्वलाई यहाँ विशेष बनाएको उनको कथन छ ।  

सम्बन्धित खबर