२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

रास्वपाले टुंग्याउन थाल्यो मन्त्री, स्वर्णिमदेखि सुदन, सोविता र सस्मितसम्मको नाम चर्चामा 

himalayanlife
२०८२ चैत १३ गते १०:२८
Shares
रास्वपाले टुंग्याउन थाल्यो मन्त्री, स्वर्णिमदेखि सुदन, सोविता र सस्मितसम्मको नाम चर्चामा 

काठमाडौँ : रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ ।

अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ ।

सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादी लगायत पनि छन् । यद्यपि यसको औपचारिक रुपमा पुष्टि हुन सकेको छैन ।

मन्त्री बन्नेहरुलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन गरेर र एसएमएस पठाएर जानकारी दिइसकेको जानकारी प्राप्त भएको छ  ।

आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।

सम्बन्धित खबर