सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको गढीमाई नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो कार्यकालको आठौं नगरसभा बुधबार सम्पन भएको छ । ”गढीमाई नगर स्वच्छ सफा र समृद्ध शहर” भन्ने मुल नाराका साथ एक कार्यक्रमका बीच नगर कार्यपालिकाको सभा हलमा नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा आठौं नगरसभा सम्पन्न भएको हो ।
नगरसभाका सभाअध्यक्ष तथा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को संशोधित बजेट, कार्यक्रम तथा योजनाहरुको विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत संशोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ ।
उक्त कार्यक्रममा नगरकाे चौतर्फी विकासका लागि आर्थिक वर्ष २०७९/८० का लागि ६५ करोड ६२ लाख ९५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख यादवले खानेपानी सरसफाई वातावरण तथा विपद व्यवस्थापन, शहरी आवास तथा भौतिक पूर्वधार विकास, शिक्षा स्वास्थ्य तथा खेलकुद, सामाजिक सुरक्षा तथा सामाजिक विकास, पर्यटकीय पूर्वाधार, कृषि पशु, वन र यातायात तथा संचारलाई विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरेका छन् ।
पुँजीगततर्फ ३० करोड ७५ लाख ३७ हजार र चालुतर्फ ३४ करोड ८७ लाख ५८ हजार विनियोजन गरिएको छ । जसमा विभिन्न शीर्षक बनाई योजना निर्माण गरिएको छ । नगर क्षेत्रभित्र शुद्ध, स्वच्छ तथा सफा खानेपानीको लागि व्यवस्था मिलाउन विशेष जोड दिनुपर्ने नगर प्रमुख यादवले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies