काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् ।
बिहीबार ललितपुरमा स्थनीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा भएको उनले बताए । यही जनमत नै देशको राजनीतिको बागडोर कता लैजाने भन्ने चाबी भएको उनको भनाइ छ ।
गोरखा, कालीकोट, रोल्पा, रुकुममा सबै दल हुँदा पनि माओवादीले आफ्नै बुत्ताले जितेको उनले बताए । तर, ललितपुरमा भिने सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ । ‘गठबन्धन छ भनेर रिल्याक्स ढंगले पार्टीका नेता कार्यकर्ता लागे । त्यसले मार खायो,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिने कुरा महत्वपूर्ण हो । आफ्नै बलमा उभिने प्रयास गर्नुपर्छ ।’ प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन संघारमा रहेको भन्दै अहिलेदेखि नै लाग्न निर्देशन दिए ।
प्रचण्डले ठूलो आन्दोलनको बलमा प्रतिगमनको प्रवृत्ति पराजित भर संसद् पुनस्र्थापना भएकोसमेत बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies