२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

बालेन नेतृत्व सरकारमा ३३ प्रतिशत महिला मन्त्री

himalayanlife
२०८२ चैत १३ गते १२:५२
Shares
बालेन नेतृत्व सरकारमा ३३ प्रतिशत महिला मन्त्री

काठमाडौं : रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (साह)को नेतृत्व सरकारमा ५ जना महिला मन्त्री भएका छन् ।

प्रत्यक्ष निर्वाचित सोविता गौतमलाई कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ । त्यस बाहेक अन्य संघीय मामिला तथा सामान्य प्रशासनमा प्रतिभा रावल, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता वादी र स्वास्थ्य तथा जनसङ्ख्यामा निशा मेहता मन्त्री बनेका छन् । 

मन्त्रिपरिषद्मा महिलाहरूको उल्लेख्य संख्या नेपालकै इतिहासमा यो पहिलो हो । उनीहरूले राष्ट्रपति निवास शीतल निवासमा शपथ लिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर