२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

१५ सदस्यीय बालेन मन्त्रिपरिषद्‌ : दोस्रो वरीयतामा स्वर्णिम, तेस्रोमा सुधन

himalayanlife
२०८२ चैत १३ गते १३:०९
Shares
१५ सदस्यीय बालेन मन्त्रिपरिषद्‌ : दोस्रो वरीयतामा स्वर्णिम, तेस्रोमा सुधन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

१५ सदस्यीय मन्त्रिपरिषद्‌को दोस्रो नम्बरमा डा स्वर्णिम वाग्ले छन् भने सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा छ । वाग्ले अर्थमन्त्री हुन् भने गुरुङ गृहमन्त्री भएका छन् ।

प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । बालेन प्रधानमन्त्रीसँगै रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

सोविता गौतमले कानुन मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् भने विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा गणेश पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । 

गीता चौधरी कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री, सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर