काठमाडौं : न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन प्रकरणको विषयले सदनमा समेत प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको बिशेष समयमा सांसद लीलादेवी सिटौलाले घुस प्रकरणले नेपालको न्यायपालिकाको अवस्था उजागर गरेको बताइन् ।
राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको उनको भनाइ छ ।
सांसद गजेन्द्र बहादुर महतले न्यायालय भष्टाचारको अखडा बनिरहेको भन्दै यसबारेमा संसद पनि बन्धक भएर बस्न नहुने बताए ।
सांसद शेरबहादुर तामाङले आफूले संसद सचिवालयमा दर्ता गरेको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक अहिलेसम्म छलफलमा नल्याएको भन्दै आपत्ति जनाए ।
सांसद तामाङले संसद नियमावली अनुसार विधेयक दर्ता भएको चार दिनभित्र विधेयकको प्रति सबै सांसदलाई दिनुपर्ने भएपनि उपलब्ध नगराएको गुनासो गरे ।
सांसद शक्ति बस्नेतले मौलिक हकको रुपमा व्यवस्था गरिएका व्यवस्थालाई कानूनीरुप दिन ढिलाई भइरहेको गुनासो गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies