बिकाश काफ्ले/मध्यान्ह
पाल्पा, ९ असार । पाल्पाको माथागढी गाउँपालिकाको चिदीपानी आयुर्वेद औषधालयले विद्यालय आयुर्वेद स्वास्थ्य योग शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
पालिकाको सबै माध्यमिक विद्यालयमा पुगेर आयुर्वेद र योग शिक्षाको विषयमा प्रशिक्षण गर्ने काम भइरहेको औषधालयका प्रमुख अमृत भण्डारी जानकारी दिए । विद्यालयमा पुगेर विद्यार्थीलाई आयुर्वेद र योगका फाइदा र जडिबुटी प्रयोगका बारेमा कार्यक्रम केन्द्रित रहेको उनको भनाइ छ ।
जडिबुटीको महत्वलाई प्राथमिकता राखेर काम गर्न सकेमा स्वास्थ्यको लागि फाइदा पुग्ने र वैज्ञानिक रुपमासमेत फाइदा हुने उनले बताए । बिहीबार सौभाग्य माध्यमिक विद्यालय आयुर्वेद स्वास्थ्य र योग शिक्षाका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।
विद्यार्थीलाई स्वास्थ्य सम्बन्धि जानकारीका साथै योग आसनबाट हुने फाइदा र एलोपेथिक आयुर्वेद औषधि प्रयोग गर्दा स्वास्थ्यलाई हुने फाइदाका बारेमा प्रशिक्षित गराइएको सौभाग्य माध्यमिक विद्यालय प्रधानाध्यापक कृष्णप्रसाद खनालले जानकारी दिए । चिदीपानी आयुर्वेद औषधालयले विभिन्न समयमा स्वास्थ्य र योग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies