२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल

himalayanlife
२०८२ चैत १३ गते १४:३४
Shares
वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल

काठमाडौंः नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको वाचा पत्र पूरा हुनेगरी आफूहरुले काम गर्ने बताएका छन् ।

शुक्रवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री पोखरेलले पार्टीले सार्वजनिक गरेको वाचापत्रमा सय वटा प्रतिवद्धता रहेको स्मरण गराउँदै सरकारले सोही वाचा पूरा गर्नेगरी काममा केन्द्रित हुने योजना बनाएको समेत स्पष्ट पारे । 

नवनियुक्ती मन्त्री पोखरेलले जनताले निर्वाचनमा दिएको मतले आफूहरुलाई जिम्मेवार बनाएको उल्लेख गर्दै सोहीअनुसार काम गर्ने पनि बताए । उनले शिक्षा क्षेत्रमा नतिजा, उपलब्धि र पूर्वाधार क्षेत्रको विकासमा जोड दिएर अघि बढने संकल्प समेत गरे ।  

ताजा खबर

सम्बन्धित खबर