२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण

himalayanlife
२०८२ चैत १३ गते १४:५६
Shares
नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण

काठमाडौंः नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । शुक्रवार पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मनत्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विदेश विभाग प्रमुख समेत रहेका मन्त्री खनालले पार्टीमा पर्यटन विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन् । ४७ वर्षीय खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् भने वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक समेत गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर