२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिबद्ध छु : नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना

himalayanlife
२०८२ चैत १३ गते १५:२१
Shares
प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिबद्ध छु : नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र साहको मिसन र भिजनअनुसार काम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दैं उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री तिमिल्सिनाले मन्त्रीको रुपमा आफूलाई कुनैपनि खालको गल्ती गर्ने छुट नभएको पनि स्पष्ट पारे ।

उनले राष्ट्रको हितमा गर्व गर्न लायक हुने गरी इमान्दारिताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिए । देशको हितमा कर्मचारीहरुले काम गर्नुपर्ने नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ थियो । 

मन्त्री तिमिल्सिनाले हरेक कर्मचारीले आफ्नो क्षमताको पूर्ण रुपमा सदुपयोग गरेर काम गर्नुपर्ने बेला आएको पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर