
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।
पदवहाली गर्दै उनले सार्वजनिक सेवा प्रवाहमा एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय गरेका छन् । उनले सुशासनका विरुद्ध कुनै काम गर्न नहुने भन्दै कसैले घुस मागे खण्डमा आफूलाई जानकारी गराउन समेत आग्रह गरे ।
उनले भने, ‘धेरै बोल्ने मान्छे म पर्दिनँ । अबको पाँच वर्ष हामीले सुशासनको लागि काम गर्नुपर्छ । म धेरै नबोलिकन एक्सनमा जानेवाला छु । हामी नतिजा देखाउँछौं ।’
उनले सेवा प्रवाहको विषयमा कुनैपनि गुनासो नआउनेगरी काम गर्न कर्मचारीलाई आग्रह पनि गरे ।