२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

पछिल्लो २४ घण्टामा ३८ विपद्का घटनाः ३ जनाको मृत्यु, १ करोड १४ लाखभन्दा बढीको क्षति

himalayanlife
२०८२ चैत १४ गते १६:३०
Shares
पछिल्लो २४ घण्टामा ३८ विपद्का घटनाः ३ जनाको मृत्यु, १ करोड १४ लाखभन्दा बढीको क्षति

काठमाडौंः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लाहरूमा ३८ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । यी घटनाहरूमा परी ३ जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् । प्राधिकरणको पछिल्लो बुलेटिनअनुसार यस अवधिमा १ करोड १४ लाख ७२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । 

आगलागी र सर्पदंशबाट मानवीय क्षति

प्राधिकरणकाअनुसार आगलागीका १५ वटा घटनाहरूमा परी २ जनाको मृत्यु भएको छ । आगलागीबाट १३ जिल्ला प्रभावित भएका छन् भने एक जना घाइते भएका छन् । त्यस्तै, सर्पदंशका २ घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आगलागी नियन्त्रण र उद्धारका लागि ६३ जना प्रहरी परिचालन गरिएको थियो ।

विपद्का घटनाहरूको विस्तृत विवरण

पछिल्लो २४ घण्टामा बाढीका ५, पहिरोका ४, चट्याङका ५, र हावाहुरीका ३ वटा घटनाहरू भएका छन् । चट्याङका कारण ९ जना घाइते भएका छन् भने हावाहुरीबाट १ जना घाइते भएका छन् । बाढी प्रभावित क्षेत्रबाट ११ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । यसैगरी, वन डढेलोका २, अविरल वर्षाको १ र जनावर आक्रमणको १ घटना दर्ता भएका छन् ।

वर्षभरिको भयावह तथ्याङ्क (२०८२ वैशाख १ देखि)

कुल विपद् घटनाहरू ७ हजार २ सय ७९ रहेका छन् । यी घटनाहरुबाट कुल मृत्यु हुनेको संख्या ४ सय ८१ रहेको छ भने बेपत्ता हुनेहरुको संख्या ३८ रहेको छ । त्यस्तै कुल घाइतेको संख्या १ हजार ९ सय ६ रहेको छ भने १३ हजार १ सय ५१ प्रभावित परिवार रहेका छन् । 

प्राधिकरणका अनुसार यस वर्ष वैशाख १ गतेदेखि हालसम्म आगलागीबाट सबैभन्दा बढी १०२ जनाको मृत्यु भएको छ भने बाढीबाट ३८ र पहिरोबाट ७६ जनाले ज्यान गुमाएका छन् । सर्पदंशका कारण ९८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । विपद्का कारण हालसम्म १३ हजार १५१ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर