
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई म्याद थपको निम्ति आइतबार अदालतमा उपस्थित गराइएको हो ।
लेखक शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेका थिए ।