२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक

Nada
२०८२ चैत १६ गते १२:२०
Shares
दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक

काठमाडौं : नयाँ वर्ष २०८३ को अवसर पारेर दराज नेपालले बहुप्रतीक्षित ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक गरेको छ । ग्राहकलाई लक्षित गर्दै आकर्षक छुट, भौचर, बैंक अफर र विभिन्न उपहार योजनासहित अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

ncell

कम्पनीका अनुसार अप्रिल ३ (चैत २०) बेलुका ८ बजेदेखि सुरु हुने यो अभियान अप्रिल १० (चैत २७) सम्म सञ्चालन हुनेछ । एक सातासम्म चल्ने किनमेल महोत्सवका रूपमा प्रस्तुत गरिएको उक्त सेलमा अधिकतम ७५ प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी तथा करिब ८३ लाख रुपैयाँ बराबरका भौचरहरू उपलब्ध गराइनेछन् ।

अभियान अवधिभर विभिन्न क्याटेगरीका सामग्रीमा दैनिक फ्ल्यास सेल सञ्चालन गरिनेछ । प्लाटिनम पार्टनर चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिभर र मिनिमलिस्टका उत्पादनमा ६० प्रतिशतसम्म छुट दिइनेछ । यस्तै गोल्ड पार्टनर फोरया र एक्सएजका सामग्रीमा पनि ६० प्रतिशतसम्म छुट रहनेछ भने सिल्भर पार्टनर नाइक, फ्यानटेक र पीसेफका उत्पादनमा अधिकतम ६५ प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

किनमेललाई सहज बनाउन दराजले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंकसँग सहकार्य गरेको छ । यसअन्तर्गत क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम ७५० रुपैयाँ) र डेबिट कार्ड प्रयोग गर्दा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) छुट पाइनेछ । साथै ईसेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताका लागि ‘रश आवर’ विशेष अफर पनि ल्याइएको छ ।

यसका अतिरिक्त दैनिक ४४ रुपैयाँ, ४४४ रुपैयाँ, १,४४४ रुपैयाँ र २,४४४ रुपैयाँका विशेष डिलहरू तथा नयाँ वर्षको थीमअनुसार २,०८३ रुपैयाँका क्याटेगरी अफरहरू पनि उपलब्ध हुनेछन् ।

उत्सवलाई थप आकर्षक बनाउन विभिन्न उपहार योजनासमेत समावेश गरिएको छ । मुख्य पुरस्कारअन्तर्गत फिलिप्सको सहकार्यमा करिब १ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका १५ वटा साना होम अप्लायन्स समेटिएको प्रिमियम बन्डल एक जना भाग्यशाली विजेताले प्राप्त गर्नेछन् ।

त्यसैगरी भिभो भी७० स्मार्टफोन, बडी जिम एक्सरसाइज साइकल, मिर्याकल्सका डिस्प्ले तथा प्रिन्टर र्याक, स्टिलबर्ड हेल्मेट र एससीएस एसएण्डएक्स हेल्मेट ब्लुटुथ इन्टरकमलगायतका उपहार जित्ने अवसर पनि ग्राहकहरूले पाउनेछन् ।

सेल अवधिभर न्यूनतम ५,००० रुपैयाँ बराबरको खरिद गरी प्लेटफर्ममा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गर्ने ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन् । योग्य सहभागीमध्येबाट विजेता छनोट गरिने कम्पनीले जनाएको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले ‘४.४ सेल’ले नेपालको डिजिटल व्यापार प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आकर्षक अफर, ब्रान्ड साझेदारी र पुरस्कारमार्फत ग्राहकलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताए ।

uae

सम्बन्धित खबर