२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

नागरिकका समस्या प्राथमिकताका आधारमा समाधान गरिने

Nada
२०८२ चैत १६ गते १५:११
Shares
नागरिकका समस्या प्राथमिकताका आधारमा समाधान गरिने

काठमाडौंः प्रधानमन्त्री बालेन्द्र साहले नागरिकले भोग्नुपरेका समस्या, सुशासन र सेवा प्रवाहको विषयमा कोशी प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । 

ncell

प्रदेशमा रहेका तत्कालीन र दीर्घकालीन रुपमा समाधान गर्न सक्ने समस्याको बारेमा बुझ्न प्रधानमन्त्री शाहले सोमवार सिंहदरबारमा सबै दलका सांसदहरुसँग छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेले कोशी प्रदेशका सांसदहरुले प्रदेशको समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको बताए । उनका अनुसार प्रधानमन्त्री शाहले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने समस्याबारे सांसदहरूसँग जिज्ञासा राखेका थिए । छलफलमा सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको सांसद न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्रीले सीमित बजेटका कारण प्राथमिकताको आधारमा समस्या समाधान अघि बढ्ने बताएको उनको भनाइ छ । रास्वपाकै सांसद इन्दिरा रानामगरले प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचन क्षेत्रका तत्कालिन समस्याको बारेमा ब्रिफिङ लिएको जानकारी गराइन्। उनले आफूले झापा–२ मा रहेको पुल निर्माण, सिंचाई तथा तटबन्ध लगायतका विकास निर्माणको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताइन् । जवाफमा प्रधानमन्त्री शाहले स्रोतको सीमिततालाई मध्यनजर गर्दै समाधानउन्मुख हुने बताएको बताए । 

uae

सम्बन्धित खबर