२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी

Nada
२०८२ चैत १६ गते १६:५७
Shares
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिह गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

ncell

न्यायाधीश मेघराज पोखरेलको इजलासले पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

यसअघि पूर्वगृहमन्त्री रमेश लेखकको हकमा पनि विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

uae

सम्बन्धित खबर