२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

एनआईसी एशिया बैंकको क्यालेन्डर सार्वजनिक 

Nada
२०८२ चैत १६ गते २१:०५
Shares
एनआईसी एशिया बैंकको क्यालेन्डर सार्वजनिक 

काठमाडौं : एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । परम्परागत नेपाली लोक बाजाहरूमार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०८३को क्यालेन्डर सार्वजनिक गरेको हो ।

ncell

बैंकले देशको विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक महत्व भएका लोकप्रिय तथा लोपोन्मुख बाजाहरू र बजाउने शैलीसहितका तस्बिरहरू भएको भित्ते तथा टेबल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।

नेपालका विभिन्न समुदायमा रहेका लोक तथा सांस्कृतिक बाजाहरू हाम्रो संस्कृति, परम्परा, पहिचानका प्रतीकका साथसाथै सांस्कृतिक सम्पदा हुन् । यस कार्यले यिनीहरूको संरक्षण, प्रवर्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।   

साथै, बैंकले क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथिलगायत विवरण समावेश गरेको छ । 

uae

सम्बन्धित खबर