२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

मधेशका ८ जिल्लामा जेनजीद्वारा दीप प्रज्वलन

Nada
२०८२ चैत १६ गते २१:४४
Shares
मधेशका ८ जिल्लामा जेनजीद्वारा दीप प्रज्वलन

काठमाडौं : मधेश प्रदेशका ८ जिल्लामा जेनजी समूहले शान्तिपूर्ण दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दै नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरेको छ । 

ncell

युवा अभियन्ता नितेश राउतको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रम सरकारद्वारा हालै गरिएका द्रुत र प्रभावकारी कदमहरूको समर्थनमा गरिएको जनाइएको छ ।

आयोजकहरूका अनुसार, कार्यक्रमको उद्देश्य विरोध गर्नु नभई सरकारले देखाएको सकारात्मक कार्यप्रति कृतज्ञता प्रकट गर्नु र यस्ता पहलहरूलाई निरन्तरता दिन प्रोत्साहित गर्नु रहेको थियो । सहभागी युवाहरूले देशमा सुशासन, न्याय र द्रुत कार्यान्वयनप्रति आफ्नो विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ र यसले युवाहरू सरकारसँग सहकार्य गर्दै सकारात्मक परिवर्तनतर्फ अघि बढ्न इच्छुक रहेको सन्देश दिएको आयोजकहरूले बताएका छन् । 

uae

सम्बन्धित खबर