२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

साढे ६ हजारले बढ्यो सुनको मूल्य 

Nada
२०८२ चैत १७ गते ११:१३
Shares
साढे ६ हजारले बढ्यो सुनको मूल्य 

काठमाडौंः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ हजार ७०० र चाँदी १४५ ले बढेको हो । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८४५ कायम भएको छ । 

हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी ४ हजार ७०० मा कारोबार भएको थियो । 

गत आइतबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७२० कायम भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

uae

सम्बन्धित खबर