२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छ : प्रधानमन्त्री शाह

Nada
२०८२ चैत १७ गते १५:१६
Shares
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छ : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग सामूहिक भेट गरी उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

ncell

त्यस अवसरमा उनले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताएको भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री शाहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताएका थिए ।

आफूहरुले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन,खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयहरुको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताए ।

बैठकमा प्रधानमन्त्री शाहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिएका थिए । धनघढी–दीपायल द्रुतमार्ग, अति जरुरी सडक, खानेपानी लगायतका जनताका समस्याबारे पनि प्रधानमन्त्री शाहलाई ब्रिफिङ गरिएको भेटमा सहभागी कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले बताए । 

प्रधानमन्त्री शाहले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनका सांसदहरुसँगका भेटवार्तालाई निरन्तरता दिइरहेका छन् । भेटमा उनले अति जरुरी जनचासाको योजनाहरुलाई रोकेर राख्ने पक्षमा सरकार नरहेको बताउने गरेको भेटमा सहभागी सांसदहरुले बताएका छन् ।

uae

सम्बन्धित खबर