काठमाडौं : आइतबार राजधानीमा सम्पन्न आठौं नेशनल क्यापिटल अवार्ड २०७८ बाट गायिका दुर्गा खरेल र गायक राजकुमार सिंह सर्वाेत्कृष्ट गायक गायिका ठहरिएका छन् । गायिका खरेलले नथिया गीतबाट सर्वाेत्कृष्ट गायिकाको अवार्ड पाएकी हुन् भने गायक सिंहले बलेको आगो गीतबाट अवार्ड हात पार्न सफल भएका हुन् ।
कार्यक्रममा नथिया गीतबाट नै संगीतकार अर्जुन पोखरेलले पपुलर संगीतकार अफ दि इयरको अवार्ड पाए । अवार्डमा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
त्यस्तै मनोहर सुनामलाई दशकको संगीतकारको सम्मान प्रदान गरियो । राष्ट्रिय दैनिक मध्यान्हकर्मी पत्रकार सानुकाजी श्रेष्ठलाई पत्रकारिता रजत सम्मान २०७८ प्रदान गरियो भने पत्रकार एमपी सुब्बालाई राष्ट्रिय पत्रकारिता सम्मान अर्पण गरिएको थियो । त्यस्तै गायक अमृत खाती र गायिका सीता केसीलाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरियो ।
पूर्व सञ्चार तथा सुचना प्रबिधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको आयोजक संस्थाका अध्यक्ष मनोज निर्दोषले सभापतित्व गरेका थिए । कला, गीतसंगीतका विविध विधामा अवार्ड तथा सम्मान बितरण गरिएको कार्यक्रमको संयोजन सञ्चारकर्मी सविता पोखरेलले गरेकी हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies