२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

राप्ती सोनारीमा व्यवसाय अनुगमन, २५८ व्यवसायको स्थलगत निरीक्षण

Nada
२०८२ चैत १७ गते १७:५७
Shares
राप्ती सोनारीमा व्यवसाय अनुगमन, २५८ व्यवसायको स्थलगत निरीक्षण

बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरेको व्यवसाय अनुगमन, निरीक्षण तथा तथ्यांक अभिलेखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले चैत १ गतेदेखि सुरु गरेको अनुगमन कार्यक्रम चैत १६ गतेसम्म सञ्चालन भएको थियो ।

ncell

गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा खटिएको अनुगमन टोलीले सम्बन्धित वडाका जनप्रतिनिधि तथा स्थानीय सुरक्षाकर्मीको सहभागितामा पालिकाभित्रका विभिन्न व्यवसायहरूको स्थलगत निरीक्षण गरेको जनाएको छ ।

अनुगमनका क्रममा ९ वटै वडामा रहेका किराना पसल, होटल, कस्मेटिक तथा फेन्सी, हार्डवेयर, मोबाइल पसल, एग्रोभेट तथा पशुपन्छी फर्मलगायत गरी कुल २५८ वटा व्यवसायको अनुगमन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । तीमध्ये १५५ व्यवसायलाई लिखित निर्देशन दिइएको छ ।

अनुगमनबाट १०७ व्यवसाय दर्ता नभएको र ४२ व्यवसायले नवीकरण नगरेको पाइएको छ । वडा नं. ८ मा भने अधिकांश व्यवसाय दर्ता तथा सूचीकृत अवस्थामा रहेको पाइएको जनाइएको छ भने अन्य वडामा केही व्यवसाय अझै दर्ता प्रक्रियाबाहिर रहेको भेटिएको छ ।

गाउँपालिकाले दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका व्यवसायलाई अनिवार्य रूपमा प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । साथै, व्यवसायीलाई सहज बनाउन वडास्तरमै व्यवसाय दर्ता शिविर सञ्चालन गर्ने तयारीसमेत गरिएको र सो शिविरमार्फत आफ्नै वडाबाट दर्ता गर्न सकिने जानकारी दिइएको छ ।

uae

सम्बन्धित खबर