
काठमाडौँ : नेपालगन्ज -१२ स्थित कोरियनपुरमा सिर्जना बुढामगरकाे हत्या भएको हो कि आत्महत्या अझै खुल्न सकेको छैन । उनी जलेको अवस्थामा सडकमा भेटिएकी थिइन् ।
घटनाको छानबिन गरिरहेको प्रहरीले बताएको छ । स्थानीयका अनुसार सिर्जनाको हत्या भएको हो । हत्या आरोप लागेका उनका प्रेमी भनिने गोलु ढपाली अझै फरार छन् । प्रहरीले उनका परिवारसँग सोधपुछ गरिसकेको छ ।
घटनाका बारेमा अल्पसंख्यक सीमान्तकृत अधिकार संरक्षण मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मञ्चले घटनालाई गम्भीरतापूर्वक अध्ययन अनुसन्धान गरी दाेषीमाथी कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।
मञ्चले दाेषी जोसुकै भए पनि यथाशीघ्र कानुनी कारबाही अघि बढाउँदै सुरक्षा व्यवस्था सुदृढ बनाउन जिल्ला प्रहरी प्रशासन बाँकेको समेत ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीले घटनाको बारेमा छानबिन भइरहेको बताए । उनले आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने भन्दै सामाजिक सञ्जाल र भिडको पछि नलाग्न आग्रह गरे ।