२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

प्रमुख प्रशासकीय अधिकृतविहीन ४ वटा उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव

Nada
२०८२ चैत १७ गते २०:२६
Shares
प्रमुख प्रशासकीय अधिकृतविहीन ४ वटा उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव

काठमाडौं : प्रमुख प्रशासकीय अधिकृतविहीन भएका ४ वटा उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । 

ncell

चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले ४ वटा उपमहानगरपालिकासहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ ।

यस्तै सामान्यमै अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्र प्रसाद भुसाललाई पठाएको छ ।

यस्तै बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा दीपक ज्ञवालीलाई पठाएको छ भने धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञानहरि घिमिरेलाई पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यस्तै सहसचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

uae

सम्बन्धित खबर