
काठमाडौ : ग्लोबल आइएमई बैंकले प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उदेश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने भएको छ ।
बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन दोश्रो संस्करण आगनमी मेको २९–३१ मा आयोजना गर्ने जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरुका लागि आवेदन खुला गरिएको छ ।
पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकोले बैंकले ह्याकाथनको दोश्रो संस्करण आयोजना गर्न लागेको हो ।
ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मी र सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैंकको भनाई छ ।