२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता

Nada
२०८२ चैत १७ गते २०:४१
Shares
जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभिने (मर्जर) सम्झौता भएको हो ।

ncell

सम्झौता पत्रमा जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदी र युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरीले हस्ताक्षर गरे  । 

मोरङको कटहरी गाउँपालिका– २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकासले १६० शाखा कार्यालय मार्फत कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लाका ३ लाख १५ हजार बढी सदस्यलाई घरदैलोमा पुगेर लघुवित्त सेवा प्रवाह गरिरहेको छ । 

बाँके जिल्लाको कोहलपुर नगरपालिका– ११ मा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त पश्चिम नेपालको १० जिल्लामा ८० हजार बढी सदस्यलाई लघुवित्त सेवा प्रवाह गरिरहेको छ । 

uae

सम्बन्धित खबर