२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

चैत १९ गतेदेखि नेशनल हर्टिकल्चर एक्स्पो हुँदै

Nada
२०८२ चैत १७ गते २०:४२
Shares
चैत १९ गतेदेखि नेशनल हर्टिकल्चर एक्स्पो हुँदै

काठमाडौं : नर्सरी व्यवसायी संघ, नेपालले तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पो को तयारी सुरु गरेको छ । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आगामी चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो हुने जनाएको छ । 

ncell

एक्स्पोमा ५६ ओटा नर्सरी ,कृषि बन ,जडिबुटी तथा फलफूल मल औजार खाद्यान्नका स्टल रहने छन् भने ४ ओटा प्रतिस्पर्धात्मक स्टल र दुई ओटा फूड स्टलसहित ५६ ओटा स्टल रहनेछ । मेलामा देशभरका पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी क्षेत्रका ७ सय भन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शनी तथा विक्रीका लागि राखिनेछन् । मेलामा मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सामग्रीसमेत उपलब्ध हुनेछन् । 

नर्सरी व्यवसायलाई व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी बनाउँदै स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसहित एक्स्पो गर्दै आएको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए । कृषि क्षेत्रमा लगानी र रोजगारीका अवसर विस्तार गर्न पनि योगदान पु¥याउने उनको विश्वास छ । 

मेलाले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिए ।मेलामा करिव ५१ हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । 

uae

सम्बन्धित खबर