
काठमाडौं : टिभिएसका आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा आफ्नो नयाँ उत्सव अफर ‘टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा’ सार्वजनिक गरेको छ । अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।
नयाँ वर्ष अफरअन्तर्गत, टिभिएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले आकर्षक लाभहरू प्राप्त गर्ने अवसर पाउनेछन् । प्रत्येक दिन ग्राहकहरूले ५ वर्षसम्मको पेट्रोल निःशुल्क जित्ने मौका पाउनेछन्, जसले उनीहरूको यात्रालाई अझ सहज र लाभदायक बनाउने कम्पनीको भनाई छ ।
ग्राहकहरूले दैनिक अधिकतम ५ लाखसम्मको छुट प्राप्त गर्न सक्नेछन् । अझै सजिलो स्वामित्वका लागि, यस अफरमा २ हजार ९ सय ६७ बाट सुरु हुने न्यूनतम इएमआईको रहेको छ । अखिल गुप्ता, जगदम्बा मोटर्सका कार्यकारी निर्देशकले भने ‘नयाँ वर्ष नयाँ सुरुवातको समय हो, र ‘टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा’ मार्फत हामी हाम्रा ग्राहकहरूको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने लक्ष्य राखेका छौं । यो विशेष प्रस्ताव केवल लाभ मात्र नभई, दीर्घकालीन सन्तुष्टि र सहजता प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो ।’
त्यस्तै, दिपक रौनियार, जगदम्बा मोटर्सका उपाध्यक्षले भने ‘हामी सधैं ग्राहक केन्द्रित र नवीन विशेष प्रस्तावहरू ल्याउन प्रतिबद्ध छौं । यो नयाँ वर्ष विशेष प्रस्ताव त्यसैको निरन्तरता हो, जसले किफायतीपन, उत्साह र वास्तविक फाइदाहरूलाई एकसाथ ल्याएर टिभिएस स्वामित्व अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।’