२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

एमाले संसदीय दलको बैठक जारी, नेतृत्व चयन गर्ने तयारी

Nada
२०८२ चैत १८ गते १२:३५
Shares
एमाले संसदीय दलको बैठक जारी, नेतृत्व चयन गर्ने तयारी

काठमाडौँ : नेकपा एमालेको संसदीय दल बैठक राजधानीको च्यासलमा प्रारम्भ भएको छ। भोलिदेखि सुरु हुन लागेको संघीय संसद् अधिवेशनको तयारीका सन्दर्भमा बैठक आह्वान गरिएको जनाइएको छ ।

ncell

बैठकमार्फत संसदीय दलको नेता, प्रमुख सचेतक तथा सचेतक चयनसम्बन्धी निर्णय गर्ने कार्यसूची रहेको बताइएको छ । दलको नेताका रूपमा रामबहादुर थापा को नाम चर्चामा रहेको छ भने सुहाङ नेम्वाङलगायत अन्य सदस्यहरूले पनि दाबी प्रस्तुत गर्ने संकेत गरेका छन् । दलभित्र तथा बाह्य वृत्तमा समेत वैकल्पिक नेतृत्वका विषयमा चर्चा भइरहेको देखिन्छ ।

हाल एमालेका तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सांसद रहेका छन् । बैठकमा महासचिव शंकर पोखरेल ले सांसदहरूलाई पार्टीको नीति, प्राथमिकता तथा संसदीय कार्यमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।

बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ ।

uae

सम्बन्धित खबर