
काठमाडौं : एनसेलले आफ्ना ग्राहकका लागि नयाँ डेटा अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत दैनिक १०० एमबी निःशुल्क डेटा उपलब्ध गराइनेछ भने साप्ताहिक रुपमा ५० जिबीसम्म डेटा जित्ने अवसर पनि प्रदान गरिएको छ ।
कम्पनीका अनुसार डिजिटल सेवाको प्रयोग बढाउने र ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित यो योजना ल्याइएको हो । यस अफरअन्तर्गत एनसेल प्रयोगकर्ताले मोबाइल एपभित्र रहेको ‘बाय प्याक’ मेनुमा गई प्रत्येक दिन १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्नेछन् ।
एनसेल एपमार्फत रिचार्ज, डेटा तथा भ्वाइस प्याक खरिददेखि विभिन्न सेवाहरू एउटै प्लेटफर्मबाट सहज रूपमा उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले यसलाई डिजिटल सेवामा ग्राहकको पहुँच विस्तार गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।
यसैबीच, ग्राहक संलग्नता बढाउन ‘प्ले एन्ड विन’ योजना पनि सञ्चालनमा ल्याइएको छ । यस योजना अन्तर्गत प्रयोगकर्ताले एपमा उपलब्ध विभिन्न गेम तथा गतिविधिमा सहभागी भई अंक संकलन गर्न सक्नेछन् । स्पिन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर र स्क्र्याच एन्ड विन जस्ता गतिविधिबाट अंक जोड्न सकिने व्यवस्था छ ।
हप्ताभर संकलित अंकका आधारमा ग्राहकहरूको र्याङ्किङ निर्धारण गरिनेछ र सोही अनुसार डेटा पुरस्कार वितरण हुनेछ । कम्पनीका अनुसार प्रत्येक हप्ता कुल ३ हजार ४१० जना ग्राहकले विभिन्न डेटा प्याक जित्नेछन्, जसमा शीर्ष १० जनाले जनही ५० जिबी डेटा प्राप्त गर्नेछन् ।
त्यस्तै, ११ देखि ६० स्थानसम्मका ग्राहकले १० जिबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकले ५ जिबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकले १ जिबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकले ५०० एमबी र ९११ देखि ३ हजार ४१० स्थानसम्मका ग्राहकले १०० एमबी डेटा प्राप्त गर्नेछन् ।
कम्पनीले यो योजना डिजिटल समावेशीकरण र ग्राहक सहभागिता विस्तार गर्ने रणनीतिअन्तर्गत ल्याएको जनाएको छ । दैनिक निःशुल्क डेटा र गेममार्फत ग्राहकलाई आकर्षित गर्दै डिजिटल सेवा प्रयोगलाई अझ सहज र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।