
काठमाडौंः नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरुले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरु नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् ।
बुधवार आफू पक्षका नेताहरुको भेलामा सहभागी भएका नेताहरु गुरु बराल, डा. रणबहादुर रावललगायतका नेताहरुले विधि र विधान सम्मत ढंगले निर्वाचित सो केन्द्रीय कार्य समितिलाई वैधानिकता दिएर आफूहरु नियमित महाधिवेशनमा जाने पक्षमा रहेको प्रष्ट्याएका हुन् । नेताहरुले पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दाको फैसला पछि आफूहरु १५औं महाधिवेशनको तयारीमा जुटने र त्यसमा कांग्रेसका सबै समूहहरु सहभागी हुनुपर्ने जिकिर समेत गरेका छन् । नेता बरालले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई विधिवत रुपमा मानेर आफूहरु १५औं महाधिवेशनको तयारीमा लाग्ने अडानमा रहेको स्पष्ट पारे ।
अर्का नेता डा. रावलले तत्कालीन महामन्त्री गगन थापाको समूहले भेला भएर बनेको केन्द्रीय कार्य समिति वैधानिक नभएकाले मान्य नहुने जिकिर गरे । उनले १४ औ महाधिवेशनको नेतृत्वलाई मानेर आफूहरु १५औं महाधिवेशनको तयारीमा रहेको पनि बताए । यता, संस्थापन पक्षले भने नियमित महाधिवेशनको तयारी थालिसकेको छ ।