२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

प्रि-मनसुनको महिना : औसतभन्दा बढी वर्षा

Nada
२०८२ चैत १८ गते १७:०७
Shares
प्रि-मनसुनको महिना : औसतभन्दा बढी वर्षा

काठमाडौँ : प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ । 

ncell

जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार यस वर्ष पनि मंगलबारसम्मको अवधिमा हुनुपर्ने औसतभन्दा बढी वर्षा मापन भइसकेको छ ।

“हालसम्म करिब २९ दशमलव पाँच प्रतिशत वर्षा भइसकेको छ । यस अवधिमा सामान्यतया २० प्रतिशत मात्र वर्षा हुने गर्दछ”, उनले भने, “फागुन १५ गतेदेखि जेठ १५ गतेसम्मको अवधिलाई प्रि-मनसुन मानिन्छ । यस समयमा करिब २२६ मिलीमिटर वर्षा हुनुपर्नेमा मंगलबारसम्म ७७ दशमलव पाँच मिलीमिटर वर्षा भइसकेको छ ।” 

जल तथा मौसम विज्ञान विभागका अनुसार हालको मौसम प्रणालीमा सामान्य बदली देखिएको छ । विभागले दिएको विवरणअनुसार मंगलबारको तुलनामा आज तापक्रममा वृद्धि भएको छ । 

राजधानी काठमाडौँसहित उपत्यकामा आज दिउँसोको अधिकतम तापक्रम २५ डिग्रीसेल्सियस पुगेको जनाउँदै महर्जनले सोही अवधिमा मंगलबार २२ डिग्रीसेल्सियस तापक्रम रहेको बताए ।

मौसमविद् महर्जनका अनुसार बिहीबार (भोलि)सम्म मौसम सामान्यतया सफा रहनेछ भने शुक्रबारदेखि फेरि वर्षा हुने सम्भावना छ । यसैबीच, विभागले मौसम परिवर्तनशील रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।  

uae

सम्बन्धित खबर