२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

उच्च अदालतले खारेज गरिदियो महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर गरेको रिट

Nada
२०८२ चैत १८ गते १९:२२
Shares
उच्च अदालतले खारेज गरिदियो महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर गरेको रिट

काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता गराएको पुरक रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।

ncell

पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । तर उक्त मुद्दा नचलाउने निर्णय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको थियो ।

त्यसपछि शोभाले मूल रिटसँगै पुरक निवेदन पनि उच्च अदालतमा दिएकी थिइन् । तर बुधबार उच्च अदालतले पाठकको रिट खारेज गरिदिएको हो ।

उच्चको यो कदमले बस्नेतविरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिल, काठमाडौंको निर्णय पनि सदर भएको छ । रिट खारेज गर्ने आदेशसँगै बस्नेतले तीन वर्षदेखि भोग्दै आएको दुःख अन्त्य भएको बताएका छन् ।
 

uae

सम्बन्धित खबर