२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

नेपाल टेलिकमले थ्रिजी सेवा बन्द गरेर फोरजीमा रूपान्तरण गर्दै

Nada
२०८२ चैत १८ गते २१:१७
Shares
नेपाल टेलिकमले थ्रिजी सेवा बन्द गरेर फोरजीमा रूपान्तरण गर्दै

काठमाडौं : नेपाल टेलिकमले निकट भविष्यमा थ्रिजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रिजी सेवालाई फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । यसअनुसार थ्रिजी सिम प्रयोग गरेका ग्राहकलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएसमार्फत जानकारी गराइएको छ ।

ncell

सम्बन्धित ग्राहकले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्नेछन् । यसका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

नेपाल टेलिकमले थ्रिजी प्रयोगकर्तालाई फोरजीमा रूपान्तरण गर्ने कार्यलाई तीव्र बनाएको छ । थ्रिजीभन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने कम्पनीको विश्वास छ । 

uae

सम्बन्धित खबर