२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सेगवे ई११०एलको नयाँ वर्ष अफर

Nada
२०८२ चैत १८ गते २१:२१
Shares
सेगवे ई११०एलको नयाँ वर्ष अफर

काठमाडौं : नयाँ वर्ष २०८३को अवसरमा सेगवे ई११०एलमा विशेष अफर घोषणा गरिएको छ । नेपाली बजारमा रुचाइएको यो मोडेल पुनः स्टकमा ल्याउँदै २ लाख ८४ हजार ९ सय ९९मा उपलब्ध गराइएको हो । यस अफरअन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन्, साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि समावेश गरिएको छ ।

ncell

सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहबले पहिलो २५ ग्राहकका लागि आकर्षक ‘अर्ली बर्ड’ डिस्काउन्ट पनि घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकले खरिद गर्ने मोडेल अनुसार अधिकतम ४१ हजारसम्म बचत हुने कम्पनीको भनाइ छ । 

अफरमार्फत सेगवे ई११०एल लाई दैनिक प्रयोगका लागि स्कुटरका रूपमा प्रस्तुत गरिएको छ । यसमा २४०० वाटको मोटर छ, जसले १५० न्युटन–मिटर टर्क दिन्छ र अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टासम्म पुग्छ ।

यसले १५ डिग्रीभन्दा माथिका उकालाहरू पनि बिनाकठिनाइ सजिलै सम्हाल्न सक्छ । यो स्कुटरमा आवश्यकताअनुसार तयार गरिएको ट्रेलोर्ड बुसलेस मोटर प्रयोग गरिएको छ ।

७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्रीले एकपटक चार्जमा ६० देखि ११० किलोमिटरसम्म चल्न सक्छ । साथै, २७ लिटरको बुट स्पेस र रिभर्स मोडले सहरभित्रको प्रयोगलाई अझ सहज बनाउँछ ।

uae

सम्बन्धित खबर