२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

भिभोको फ्ल्यागसिप स्मार्टफोन भिभो भी–७० सार्वजनिक हुँदै

Nada
२०८२ चैत १८ गते २१:२५
Shares
भिभोको फ्ल्यागसिप स्मार्टफोन भिभो भी–७० सार्वजनिक हुँदै

काठमाडौं : भिभोले फ्ल्यागसिप स्मार्टफोन भिभो भी–७० सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ‘जाइस पोर्टेट सो प्रो’को नयाँ अवधारणा अघि सार्दै भी–७०मा व्यावसायिक टेलिफोटो प्रविधि र मोबाइल फोटोग्राफीमा नयाँ सम्भावनाको संकेत गरेको छ ।

ncell

प्रिमियम डिजाइन र उन्नत इमेजिङ क्षमतामा केन्द्रित रहने भी–७०, भिभोको निरन्तर इनोभेसनको अर्को कोसेढुंगा हुने अपेक्षा गरिएको छ । भिभो भी–७०को मुख्य आकर्षण भिभो र जाइसबीचको सहकार्यको नयाँ अध्याय रहने देखिन्छ ।

यसमा ५० मेगापिक्सलको जाइस सुपर टेलिफोटो क्यामरा हुने बताइएको छ जसले टाढाबाट खिचिएका तस्बिरमा पनि उच्च स्पष्टता र सटिकता प्रदान गर्नेछ ।

त्यस्तै, यसको जुम क्षमतालाई थप प्रभावकारी बनाउन ‘एआई स्टेज मोड’को व्यवस्था गरिएको छ, जुन वशेषगरी कन्सर्टको जटिल लाइटिङ र स्टेज वातावरणमा प्रभावकारी हुने कम्पनीको दाबी छ । यसैगरी, भी–७०मा फोरके ६० एफपिएस भिडियो रेकर्डिङको सुविधा हुने जनाइएको छ । भी–७० अप्रिल ७मा सार्वजनिक गर्दै छ ।

uae

सम्बन्धित खबर