२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने

Nada
२०८२ चैत १९ गते १२:१६
Shares
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ : प्रतिनिधि सभाको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

ncell

आजबाट प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ र एक जना स्वतन्त्र सांसद रहेका छन् । अन्य दलबाट भने संसदीय दलका नेताहरूले सम्बोधन गर्दैछन् ।

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बोल्दैछन् । श्रम संस्कृति पार्टीका हर्क साम्पाङ बोल्दैछन् ।

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । तर काँग्रेसको तर्फबाट भिष्मराज आङदाम्बेले सम्बोधन गर्दैछन् ।

uae

सम्बन्धित खबर