२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै, आजै अन्त्येष्टि गर्ने तयारी

Nada
२०८२ चैत १९ गते १२:५४
Shares
इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै, आजै अन्त्येष्टि गर्ने तयारी

काठमाडौँ : इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् । परिवारले शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी गरेको जनाएको छ ।

ncell

परिवारले न्यायिक प्रक्रिया अगाडि नबढेसम्म शव नबुझ्ने अडान राखेका कारण उनको शव प्रदेश अस्पतालको शव गृहमा २७ दिनदेखि राखिएको थियो । पछिल्लो समय अदालतबाट मुद्दासम्बन्धी आदेश आएपछि परिवार शव बुझ्न सहमत भएको हो ।

जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो । उक्त आदेशपछि परिवारले शव बुझ्ने निर्णय लिएको बताइएको छ ।

uae

सम्बन्धित खबर