२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सुत्केरी व्यथाले छट्पटाएकी महिलाको सेनाले गर्‍यो हवाई उद्दार

Nada
२०८२ चैत १९ गते १५:१७
Shares
सुत्केरी व्यथाले छट्पटाएकी महिलाको सेनाले गर्‍यो हवाई उद्दार

काठमाडौँ : सोलुखुम्बुको माप्यदुधकोशी-५ निवासी सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई नेपाली सेनाले हवाई उद्दार गरी काठमाडौँ ल्याएको छ ।

ncell

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गर्दै आएको राष्ट्रिय महिला सशक्तिकरण परियोजनाको अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार कार्यक्रममार्फत उनी उद्दार गरिएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।

यो कार्यक्रम गर्भवती र सुत्केरी महिलाहरूलाई आपतकालीन स्वास्थ्य सेवा सहज पहुँचमा पुर्‍याउनको लागि स्थापन गरिएको हो । उद्दारपछि स्वास्थ्य संस्थामा आवश्यक उपचार तथा निगरानी सुनिश्चित गरिएको जनाइएको छ ।

uae

सम्बन्धित खबर