२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् : भीष्मराज आङ्देम्बे

Nada
२०८२ चैत १९ गते १६:०१
Shares
अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् : भीष्मराज आङ्देम्बे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहास सम्झँदै अब हिंसात्मक संघर्षको पुनरावृत्ति नहोस् भन्ने संकल्प गर्नुपर्ने बताएका छन् ।

ncell

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आगामी दिनमा फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् भन्ने साझा प्रतिबद्धता गर्न पनि आग्रह गरे । उनले राष्ट्र निर्माणको यात्रामा विभिन्न कालखण्डमा भएका आन्दोलन र त्यागको स्मरण गर्दै जनतामा नयाँ आशा र विश्वास जगाउनुपर्नेमा जोड दिए ।

उनले फरक–फरक विचार र आस्था बोके पनि सबै एउटै थलोमा उभिएको बताए । नेता आङ्देम्बेले दलगत भिन्नता भन्दा माथि उठेर राष्ट्रप्रति इमान्दार बन्नुपर्ने उल्लेख गर्दै सबैलाई ‘इमानको पसिना बगाउने’ संकल्प गर्न आग्रह गरे ।

उनले वितेका ३५ वर्षमा केही पनि भएन भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताए । उनले १० वर्षे जनयुद्ध, भुकम्प, कोरोना लगायतका प्रतिकूल समयमा पनि देशमा विकास भएको दाबी गरे । उनले भएका कामका बारेमा जानकारी गराएर बाँकी धेरै काम गर्नुपर्ने बताए । 

उनले संसदीय प्रणाली सबैभन्दा उत्कृष्ट प्रणाली भएको बताए । उनले संसदीय प्रणालीमाथी प्रहार गर्ने शक्तिहरु समेत हाल संसदमा नै शालिनतामा साथ बसेको उल्लेख गरे ।

कांग्रेसले निरन्तरताको नविनतामा विश्वास राख्ने बताए । उनले जेनजी विद्रोहलाई निष्कर्षमा पुर्‍याउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कांग्रेस समयसँगै परिर्वतन हुन तयार रहेको उल्लेख गरे । 

uae

सम्बन्धित खबर