२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

संविधान संशोधनको नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा सम्झौता हुन सक्दैन : नेकपा

Nada
२०८२ चैत १९ गते १६:२०
Shares
संविधान संशोधनको नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा सम्झौता हुन सक्दैन : नेकपा

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा कुनै सम्झौता हुन नसक्ने बताएका छन् । 
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ncell

उनले देश र पार्टीलाई सही दिशामा अघि बढाउन जिम्मेवार ढंगले काम गर्न आग्रह गर्दै राष्ट्र निर्माण र राष्ट्रिय स्वाधीनताको पक्षमा नेकपा सधैं सहयोग गर्न तयार रहेको पनि बताए । उनले विगतमा कम्युनिष्ट पार्टीहरुले प्राप्त जनमतको सदुपयोग गर्न नसकेको स्मरण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यसबाट पाठ सिकेर अघि बढ्न सुझाव दिए ।

२०६४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले उल्लेखनीय जनसमर्थन पाएको तथा २०७४ सालमा पार्टी एकतापछि तत्कालीन नेकपाले झण्डै दुई तिहाइ बहुमत पाएपनि त्यसको सदुपयोग गर्न नसकिएको उनको स्वीकारोक्ति छ । 

उनले सामाजिक न्याय र समाज रुपान्तरणको सवालमा सरकारलाई पार्टीले पूर्णतः सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

uae

सम्बन्धित खबर