२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

कांग्रेस सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने

Nada
२०८२ चैत २० गते १२:२८
Shares
कांग्रेस सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने

काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रियामा प्रमुख दलहरूको रणनीति क्रमशः स्पष्ट हुँदै गएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने निर्णय गरेको छ ।

ncell

पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार संसद्‌मा सत्तारूढ पक्षको स्पष्ट संख्यात्मक बल रहेको र सभामुख पदलाई साझा तथा निष्पक्ष भूमिकाको रूपमा हेर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो । उनले संसद् सञ्चालनको मर्यादा र सन्तुलन कायम राख्ने दायित्व सभामुखमा केन्द्रित हुने भएकाले प्रतिस्पर्धाबाट बाहिर रहने निष्कर्षमा पार्टी पुगेको स्पष्ट पारेका छन् ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा अन्तिम टुंगो लगाइसकेको छैन । पार्टीभित्र यसबारे छलफल जारी रहेको जानकारी गुरुप्रसाद बरालले दिएका छन् ।

अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक सहमतिपछि डोलप्रसाद अर्याललाई सभामुख पदका लागि अघि सारेको छ । उनको उम्मेदवारी दर्ता भइसकेको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा उक्त दलको एकल बहुमत रहेको परिप्रेक्ष्यमा अर्यालको पक्षमा परिणाम जाने आकलन गरिएको छ । यस्तो अवस्थामा सभामुख चयन प्रक्रिया औपचारिकतामै सीमित रहने सम्भावना देखिएको छ ।

uae

सम्बन्धित खबर