
काठमाडौं : प्रहरीले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका अध्यक्ष इमानसिंह राईसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रमुख कार्यकारी अधिकृत लालबाबाु क्षेत्री र अविन कुमार राई तथा पूर्वलेखा सदस्य कर्ण राई रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाका अनुसार उनीरूलाई विभिन्न ठाउँबाट विभिन्न मितिमा पक्राउ गरिएको हो ।उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर लिलतपुर पठाइएको छ ।
उनीहरूमाथि प्रवाह भएको ऋण कमसल धितो रहेको, बिना धितो र बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाएर ऋण प्रवाह गरेको आरोप छ ।