काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको नेत्रवती डबजोङ गाउँपालिका–५ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङ र महोत्तरीको लोहारपट्टि नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने २८ वर्षीय गौरभ शर्मा रहेका छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ नियन्त्रण गरेको हो ।
उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने गुरुङलाई २०७९ साल वैशाख ४ गते २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । महाराजगञ्जबाट खटिएको सीआईबीको ब्यूरोले शर्मा र गुरूङ दुवै जनालाई काठमाडौं बालुवाटारबाट पक्राउ गरेको हो ।
दुवैजनाले खातामा प्रयाप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्याएर बैंकको चेकहरु आ–आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए । पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies