काठमाडौं : न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ । सुनसरी इनरूवा घर भई न्यूजिल्याण्डको साउथ आईल्याण्डस्थित एसबर्टनको एक डेरी फार्ममा कार्यरत सुवास घिमिरेको क्वाड बाइक दुर्घटनामा परी ज्यान गएको हो ।
गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डले घिमिरेको सम्पूर्ण परिवार नेपालमै भएकाले उनको पार्थिव शरीर नेपाल पठाउने सहयोग संकलन शुरू गरेको छ । पार्थिव शरीर नेपाल पठाउने प्रकृया निकै खर्चिलो भएको र घिमिरेको परिवारले सो प्रक्रियामा लाग्ने खर्च व्यहोर्न नसक्ने भएकाले गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डले सहयोग अभियान शुरू गरेको हो ।
एनआरएनए न्यूजिल्याण्डले नेपाली संघ संस्था, व्यक्तिसमक्ष सहयोगको अपिलसमेत गरेको छ । एनआरएन न्यूजिल्याण्डले संकलित रकमको विवरण सार्वजनिक गर्ने र सोही प्रयोजनका लागि खर्च गर्ने बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies