काठमाडौं : नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन सञ्चालनमा ल्याएको छ ।
मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गरे । यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बिएसबिएस मेसिनका माध्यमबाट नोट नष्ट गरिनेछ । नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ ।
कार्यक्रममा गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको मेसिनका कारण वातावरणीय प्रदूषणमा पनि राहत पुग्ने बताए । बैंकको कार्यलाई आधुनिक एवं प्रविधियुक्त बनाउनका लागि बिएसबिएस मेसिनको प्रयोग उपयोगी बन्ने उनले बताए ।
यसअघि प्रचलनमा आउन अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकामा बिएसबिएस मेसिनको प्रयोगबाट त्यसलाई ससाना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने कार्यक्रममा जानकारी गराइयो । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies