२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

ट्राफिक लाइट पालना नगर्नेहरु कारबाहीमा

Nada
२०८२ चैत २१ गते १३:३९
Shares
ट्राफिक लाइट पालना नगर्नेहरु कारबाहीमा

काठमाडौंः ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्नेहरुलाई धमाधम समातेर कारबाही सुरु गरेको हो ।

ncell

शनिबार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाईटको पालना नगरी हिँडेका सवारीहरुलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो । ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ ।

रातो बत्ती बल्दा नरोकिकन सवारी साधन चलाउनेहरु ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् । यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टी जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् । ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरुको भनाइ छ । 
 

uae

सम्बन्धित खबर