२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

विश्वका एंगलरहरू कर्णालीमा, महासीर च्यालेन्जले तान्यो ध्यान (फोटोफिचर)

Nada
२०८२ चैत २१ गते १६:१६
Shares
विश्वका एंगलरहरू कर्णालीमा, महासीर च्यालेन्जले तान्यो ध्यान (फोटोफिचर)

कैलाली : सेती कर्णाली अन्तर्राष्ट्रिय महासीर एंगलिङ च्यालेन्ज नेपाल-२०२६ सफलतापूर्वक सम्पन्न भएको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिताले नेपालको पर्यटन इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा लिइएको छ । 

ncell

प्रतियोगिता मार्च २२ देखि अप्रिल २ सम्म १२ दिन सञ्चालन भएको थियो । नेपाललाई एंगलिङ पर्यटन तथा साहसिक खेलको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

प्रतियोगितामा बेलायत, नेदरल्याण्ड्स, भारत, मलेसिया, जापान, फिनल्याण्ड, थाइल्याण्ड र नेपालका गरी ८ देशका २३ भन्दा बढी अन्तर्राष्ट्रिय एंगलरहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले सेती र कर्णाली नदी प्रणालीको दुर्गम तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रको अनुभव लिँदै महासीर र गुँच जस्ता बहुमूल्य माछा प्रजातिको खोजीमा रोमाञ्चक यात्रा गरेका थिए ।

uae

सम्बन्धित खबर